0
Shares
एजेन्सी– इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हिजाब नलगाई आएकी एक महिलालाई सेवा दिएपछि बैंकका एक कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ । इरानमा अनिवार्य हिजाबको विरोधमा भएको प्रदर्शनले देशलाई हल्लाएको बेला सरकारले यो कारबाही गरेको हो ।
रिपोर्टका अनुसार तेहरान नजिकको कोम प्रान्तमा रहेको यस बैंकका प्रबन्धकलाई प्रान्तीय गभर्नरको आदेशमा बर्खास्त गरिएको थियो। इरानमा गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा कुटपिटपछि मृत्यु भएको थियो।
हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले पक्राउ गरेको थियो । अमिनीको मृत्युपछि इरानमा हिजाब र सरकारविरुद्ध प्रदर्शन जारी छ।