लगानीयोग्य रकम अभावको बहानामा बैंकहरूको मनोमानी

0 Shares

काठमाडौं – लगानीयोग्य रकम अभावको बहानामा वाणिज्य बैंकहरूले आधार र प्रिमियम दरमा मनोमानी गरेको उद्योगी व्यापारीले आरोप लगाएका छन् । बैंक र ऋणीबीच ऋण सम्झौता हुँदा ऋणमा लागू हुने बेसरेट र प्रिमियम दर तोकिए पनि अहिले तरलता अभावको बहानामा मनोमानी ढंगबाट बढाउने काम गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

बैंकहरूको मनोमानीमा नियामक निकाय नेपाल राष्ट्र बैंक रमितेमात्र बनेको उद्यमीको आरोप छ । राष्ट्र बैंकले सम्झौता अवधिभर प्रिमियम बढाउन नपाउने भन्दै बढाएर असुल गरेको प्रिमियमबापतको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिए पनि अधिकांश बैंकले अटेर गरेको संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालको भनाइ छ । बैंकहरूको अटेरीमा राष्ट्र बैंकले कुनै प्रभावकारी कदम चाल्न नसकेको भन्दै उनले आक्रोश पोखे । ुबैंकहरूको बेसरेट ३र३ महिनामा पुनरावलोकन हुन्छ । प्रिमियम दर भने सम्झौता अवधिसम्मका लागि एउटै हुन्छ । बैंकहरूले अन्यायपूर्ण तरीकाले प्रिमियम बढाएका छन्,ु अग्रवालले भने । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

सम्बन्धित समाचारसबै