भक्तपुरमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

0 Shares

काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, पुरानो थिमि हुमा ओरालोमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको क्वाँछेका २८ वर्षीय सिजन फसिकवा र मोटरसाइकलमै पछाडि सवार भक्तपुर नगरपालिका–७ का सुनील ग्वाछा घाइते भएका थिए । चालक सिजनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । घाइते सुनीलको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गए राति करिब सवा ११ बजे दुवाकोटबाट पुरानो थिमितर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२३ च ४२९३ पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन र पिकअपका चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

सम्बन्धित समाचारसबै