सोलुखम्बु– सोलुखम्बुमा कांग्रेस नेता बलबहादुर केसीले चुनाब हारेपछी नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङगेलु सेर्पालाई कारबाहिको माग गरीएको छ ।
प्रतिनिधीसभा सत्ता गठबन्धनका साझा उम्मेदवार केसीले एमाले उम्मेदवार मानबिर राईसंग चुनाब हारेपछी कांग्रेस भित्रै अन्र्तघात भएको आरोप लागेको हो ।
सोलुखम्बु कांग्रेसका सचिवद्धय युबराज घिमिरे र भलाकाजी राईले बिज्ञप्ती निकाल्दै चुनावमा अन्र्तघात भएको उल्लेख गरिएको छ । केन्द्रिय सदस्य आङगेलु सहित जिल्ला सभापती नाम्गेलजङ्बु शेर्पा र सोलु दुधकुण्ड नगर सभापती सोनाम ग्याल्जेन सेर्पाले पार्टीका उम्मेदवारलाई असहयोग गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
आफ्नै पार्टीको नेतृत्वबाटै अन्र्तघात हुदा केसी पराजित भएको बिज्ञप्ति मार्फत बताइएको छ । साथै असहयोग र अन्र्तघात गरी पार्टीका उम्मेदवार हराउने ३ जना नेतालाई कारबाहि गर्न केन्द्रिय कार्य समितिसँग माग गरीएको छ ।