मेरो जित नै जनताको जित : इन्द्रबहादुर बानियाँ

0 Shares

मकवानपुर– मकवानपुर क्षेत्र २ को प्रदेश सभा (२) का निर्वाचित गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले आफ्नो जित नै जनताको जित भएको बताएका छन् । नेता बानियाँले भने न्यायमुखी, सेवामुखी र जनतामुखी भएर काम गर्नेलाई जनताले विश्वास गरी आत्मदान स्वरुप मतदान गरेको उनले बताए । उनले आगामी पाँच वर्ष जनताले आफू जनताको सेवामा नै तल्लीन हुने बताए ।

उनले चेपाङ समुदाय आफ्नो भगवान भएको भन्दै घरदैलोमा नपुग्दा पनि आफूलाई मतदान गरेका कारण आफू विजयी भएको बताए । उनले जनताको काम गर्दै जनतामा खुसी ल्याएपछि मात्रै आफूले विजयी जुलुस निकाल्ने बताए ।
बानियाँले प्रदेशभित्र ३५ सय पनि नपर्ने गरि स्वास्थ्य वीमा कार्यक्रम, आर्थिक कमजोरीहरूका लागि १० हजार घर निर्माण, १२ सम्म गरिब, जेहेन्दार विद्यार्थीलाई निःशुल्क पठाउने, प्रदेश राजधानी हेटौंडामा एयरपोर्ट बनाउने, जनताप्रति सेवाभावका साथ काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

पहिचान सहितको संघीयतालाई आत्मसात गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा उत्रिनु भएका प्रतिस्पर्धीलाई पनि धन्यवाद दिदैं नेता बानियाँले भने, ‘आफू प्रदेशको सभापति भएको नाताले प्रदेशका केही स्थानहरूमा गठबन्धनका उम्मेदवारहरू पराजित हुनुमा कमजोरी रहेको छ, जनताले व्यवस्था फेर्न सक्छन्, मन परिवर्तन गर्न सक्छन्, जनता परिवर्तनको बहाक हुन् जनताले व्यवस्था फेर्ने सोचले जुन मतदान गर्नुभयो त्यसको नतिजा हामीले हाम्रा साथीहरू पराजित भएको भोग्नुपर्यो ।’

उनले सिद्धान्त फरक हुँदा गठबन्धनमा कहीँकतै समस्या हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको बताए ।

सम्बन्धित समाचारसबै