0
Shares
रुपन्देही– रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् ।
निर्वाचन कार्यालयका अनुसार न्यौपाने ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् । उनीहरूको ८२९ मतान्तर परेको छ । निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सिता घिमिरे औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन् । रज्याक नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री हुन् ।