कास्की १ को मत गणना स्थगित

0 Shares

कास्की– कास्की क्षेत्र नम्बर १ मा मतगणनाका स्थगित भएको छ । मतगणनाको क्रममा १ मत बढी देखिएपछि मतगणना कार्य स्थगित गरिएको हो ।

मादी गाउँपालिकामा वडा नम्बर ५ को मतगणना गर्ने क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बराल मुख्य प्रतिस्पर्धी छन् । मतगणनाका क्रममा गुरुङको अग्रता थियो ।

सम्बन्धित समाचारसबै