0
Shares
तनहुँ – एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँ घिरिङ- १ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरू हुन सकेको छैन ।
शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा हुँदा दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूको रिहाइको माग गर्दै मतदान रोकिएको एमाले नेता विष्णुभक्त सिग्देलका बताए ।
‘सत्ताको पहुँच देखाउँदै एमाले कार्यकर्ता मात्र पक्राउ गरियो । उहाँहरूको रिहाइ नभइ मतदान सुरू हुन दिन्नैुं’ सिग्देलले भने ।