प्रमुख निर्वाचन आयुक्तले गरे मतदान

0 Shares

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् ।

देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । मतदानमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् ।

सम्बन्धित समाचारसबै