काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन्।शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरू राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए।
उनले एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई यात्राबाटै जनताले जवाफ दिएको बताए।उपमहासचिव गुरुङले भने, ‘राजतन्त्रको पक्षमा मानिसहरू देखिएनन्। एमालेप्रतिको क्रेज देखियो। जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन। तेस्रो कुरा संघीयताको पक्षधर भनिएकाहरूले एमाले संघीयता बिरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन। एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत् दिएका छन्।’