काठमाडौँ । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा आज सार्वजनिक बिदा छ ।यी दुवै गाउँपालिकामा बसोवास गर्ने लामा समुदायले मनाउने पर्व लोसार परेको कारण आज यहाँ सार्वजनिक बिदा दिइएको हो ।
नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बौद्ध धर्मालम्बीहरू भोटे लामा समुदायहरुले मनाउने २१५१ को सोनाम ल्होसारको अवसरमा बुधबार र बिहीबार गरी दुई सार्वजनिक बिदा दिइएको बताए ।यो निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको हो । सार्वजनिक बिदामा गाउँपालिका, स्वास्थ्य तथा शिक्षण संस्था पुर्ण रुपमा बन्द रहनेछन् ।
त्यसैगरी सिमकोट गाउँपालिकाले पनि वडा नम्बर १, ३ र ४ मा बसोवास गर्ने लामा समुदायहरुले मनाउने तोङ्तरी ल्होसारको अवसरमा मङ्सिर २७ गते एक दिनका लागि सार्वजनिक बिदा दिएको गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया भामले बताइन् ।बिदाका दिन गाउँपालिका भरिका शिक्षण, स्वास्थ्य र वडा कार्यालयह बन्द रहेका छन् ।