गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछः केपी ओली

0 Shares

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको आरोप लगाएका छन् ।शुक्रबार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप समेत लगाएका छन् । देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर उनले गरेका छन् ।

उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको आरोप लगाएका छन् । उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए ।

‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन । इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो । देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भुमिका खेल्छ । अहिलेका तत्कालीक समस्याहरु तिनीहरुको समाधानमा पनि लाग्छौँ । अर्को कुरा एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामी बाहेकका अरु त एकजुट भएर लागेकै छन् नि । त्यसकारण उनीहरुको काम भनेको एमालेको बिरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन । राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन् । यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको छ ।’उनले भने,’मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनउान र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’

सम्बन्धित समाचारसबै