काठमाडौं– सोलुदुधकुन्ड नगरपालिका टाकसिन्धु १ मा आज आगामी मंसिर ४ गते सम्मपन्न हुने निर्वाचन केन्द्रित जनसभमालाई संम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका आङ्गेलु शेर्पाले सोलुखुम्बुमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार दिएका बलबहादुर केसीको जित निश्चित भएको बताएका छन् ।
उमेदवार केसी नेपाली कांग्रेसका तर्फबाट निरन्तर जनताको मतद्धारा विजय हुँदै आगामी निर्वाचनमा सातौँ पटक उमेदवार भएको समेत उनले बताए । सोलुखुम्बु जिल्लाको समग्र विकास गर्दै जनताका प्रिय नेता भएकाले निर्वाचनमा केसीले विजय हासिल गर्ने निश्चित भएको उनको भनाइ छ ।
चुनावी सभ संम्बोधनकै क्रममा गठबन्धन कांग्रेसका केन्द्रिय सदस्य रहेका आङ्गेलु शेर्पाले अहिले गठबन्धन तीन कारणले बनेको बताए । गठबन्धनको औचित्य नेपाली जनताले २००७ सालदेखि २०६२ ,०६३ सम्म विभिन्न चरणबद्ध आन्दोलनबाट नेपाली जनताले पाएको प्रगति लिपीबद्ध तरिकाले संविधानमा आएको संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए ।
संविधानको रक्षाका लागि यो गठबन्धन बनेको उनले भने,‘ संविधानको सुरक्षा, सम्बद्र्धन र संस्थागत अक्षरपालक संस्थागत गराउने र संविधानमा उल्लेख गरेका जनताका अधिकार जनताका भावना अनुसार कार्यन्वयन गर्ने उदेश्यका साथ नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलिय गठबन्धन बनेको हो ।’ गठबन्धनको पहिलो उदेश्य देशलाई अग्रगमनतिर लाने देशलाई समानुपातिक समावेशी गराएर अगाडी बढाउने लोेकतान्त्रिक प्रणालीलाई संस्थागत विकास गने पहिलो दायित्व रहेको शेर्पाले बताए ।
संविधानले जुन कुराहरु उपलब्ध गराएको छ त्यसैको जगमा टेकेर देशले चाहेको बिकास ,जनताले चाहको समृद्धि, जनताले चाहेको विकास र जुन किसिमका अन्तराष्टिय सन्धीमा भएका सम्बन्ध, पँहुच विश्वास त्यसमा समृद्ध रास्टहरुले नेपालमा लगानी गर्न सक्ने वातावरण गर्न गठबन्धन सँधै तत्पर रहने उनको भनाइ छ । नेपालमा लोकतान्त्रिक अधिकारलाई आधार बनाएर नेपालमा बाह्य देशहरुसंग आर्थिक सहायताको माध्यम बनाएर नेपालको विकास गर्ने लक्ष्य नेपाली कांग्रेसले राख्दछ उनले भने ।
नेपाली कांग्रेसले जनताका लागि आवश्यक विकासका आधार स्तम्भहरु निर्माण गर्ने भएकाले अबको नेतृत्व गठबन्धन नेपाली कांग्रेसको हातमा पार्नका लागि चुनावी प्रचारप्रसारमा मतदाताका घरदैलोमा आएकाले ढुक्क भएर गठबन्धनलाई भोट हाल्न समेत उनले आग्रह गरे ।
नेपालमा देखिएका जनताका समस्या समाधानमा नेपाली कांग्रेस र गठबन्धन सदैव जनताले पाउने अधिकार सुनिश्चित गर्दै समग्र नेपाली जनताको विकासका लागि देशमा खटिरहन्छ । त्यसैले नेपाली कांग्रेसबाट उमेदवारी दिएर सातौँ पटक निर्वाचित हुने पक्षमा लागेका बिकासप्रेमी नेत बलबहादुर केसीलाई बहुमतले विजय गराउनका नेता, कार्यकर्ता तथा सम्पुर्ण मतदाताहरुलाई सेर्पाले आग्रह गरे ।