0
Shares
काठमाडौँ । किसानले वर्षे बाली भित्र्याएसँगै हिउँदे बाली लगाउने सिजन सुरु भएको छ । देशमा हिउँदे बालीका रूपमा मुख्यतया: गहुँ, मुसुरो, तेलहन बाली लगायतको खेती गरिन्छ । यी बालीका लागि एक लाख ७७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।जसअनुसार हाल ९३ हजार दुई सय ९५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयको भनाइ छ । अर्थात् ८४ हजार मेट्रिक टन रासायनिक मल हिउँदे बालीका लागि अझै अपुग भएको तथ्याङ्कले प्रष्ट्याएको छ ।