भरतपुरमा उमेश श्रेष्ठको गाडीमा इँट्टा प्रहार

0 Shares

चितवन– चितवनको भरतपुरमा चुनाव प्रचार गरिरहेका उमेश श्रेष्ठको गाडीमा इँट्टा प्रहार भएको छ । भरतपुर महानगरपालिका–१० स्थित प्रगति पथमा गाडीमा इँट्टा प्रहार गरेर भागेको छन।

मोटरसाइकलमा आएका युवाहरूले ईट्टा हानेर भागेका हुन् । श्रेष्ठ चितवन क्षेत्र नम्बर–२ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हुन् । ईट्टा प्रहारबाट बा.३ च २०५० नम्बरको प्राडोमा क्षति पुगेको छ । गाडीबाट ओर्लेर उनी घरदैलो गरिरहेको अवस्थामा आक्रमण भएको हाे। आक्रमण गर्नेहरूको खोजी भइरहेको छ।

 

सम्बन्धित समाचारसबै