पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर

0 Shares

काठमाडौँ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन भएको बताए।

उनले नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्नसक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए। उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ? भन्ने हिसाबबाट हेर्नुपर्ने बताए।

उनले भने, ‘नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन हो। नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने भूराजनीतिक संवेदनशीलता हो। भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ। पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बिपी कोइराला होस् सम्पूर्ण मान्छेहरुले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन्।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन भएको बताए।

उनले नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्नसक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए। उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ? भन्ने हिसाबबाट हेर्नुपर्ने बताए।

उनले भने, ‘नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन हो। नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने भूराजनीतिक संवेदनशीलता हो। भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ। पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बिपी कोइराला होस् सम्पूर्ण मान्छेहरुले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन्।’

सम्बन्धित समाचारसबै