0
Shares
काठमाडौं । पोखरामा नेपाल-चाइना फोटो प्रदर्शनी गरिएको छ। लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शनी भइरहेको हाे।
नेपाल-पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीको अवसरमा फोटो प्रदर्शनी गरिएको हो। पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगितामा फोटो प्रदर्शनीको संयोजन चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ, कास्कीले गरेका हुन्।
प्रदर्शनीमा नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो राखिएको छ।प्रतियोगितामा आएका पाहुनासँगै लेकसाइड घुम्न निस्किएका पर्यटकले प्रदर्शनीमा राखिएको फोटो चाख मानेर हेरिरहेका छन्। शनिबार साँझसम्म फोटो प्रदर्शन चल्नेछ।