0
Shares
काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)सँगको सहकार्यमा आगामी पाँच वर्षका लागि ‘शिक्षामा बुद्धिचाल’ (चेस ईन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।
महासङ्घका अनुसार ‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयहरूमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक विद्यालयमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई—दुई जना खेलाडी (एक पुरुष र एक महिला) छनोट गरिने छ । महासङ्घले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिनेसमेत जनाइएको छ ।
‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमको सम्पूर्ण खर्च प्याब्सन बागमती प्रदेशले बेहोर्ने जानकारी प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले दिए ।