0
Shares
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन भ्रमणमा निस्किएका छन् । कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला चीन प्रस्थान गरेका हुन् ।
लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।