काठमाडौं – आगामी मंसिर ४ गतेृ हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सोलुखुम्बुका निवर्तमान सांसद नेकपा माओवादी केन्द्रका नेता हेम कुमार राई (सुरवीर) ले गठबन्धन तर्फका साझा उमेदवार प्रतिनिधि सभा तर्फ बल बहादुर केसीलाई रुख चिन्हमा र प्रदेश (क) तर्फ गोम्बु शेर्पा (कर्ज्याङ) र प्रदेश सभा९ख०तर्फ शिव बहादुर बस्नेत (राजेन्द्र)लाई गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गर्न अनुरोध गरेका छन् ।
लिखुपिकेको कार्यकर्ता तथा मतदातासंगको कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै बिकाशका काम निरन्तरता दिन पनि गठबन्धनका उमेदवार लाई मतदान गरी अत्याधिक मतले बिजयी गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशित गर्दै मतदातालाई अनुरोध गरेका छन ।
उनले भने,‘ सोलुखुम्बुकोे समग्र विकासका लागि गठबन्धनको टिमलाई अत्यधिक बहुमतले विजय गराउन सकेको खण्डमा मात्र गाउँदेखि समग्र देशको विकास संभव छ। ।’ सोलुखुम्बुमा विगतका वर्षहरुमा पनि विकासका आधारहरु जनमुखी भएर समग्र विकासका योजनाहरु गुणस्तरीय ढङगबाट अगाडी बढाएको छ ।