काठमाडौँमा १४ वर्षीय बालिका बलात्कृत

0 Shares

काठमाडौं– काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका २ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका १५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका १५ स्वयम्भू स्तुपा जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै