रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

0 Shares

तनहुँ– तनहुँमा रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका २ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका ५ बगरवा घर भएका २५ वर्षीय नवीन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासि रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै