ताप्लेजुङको घ्याङडाँडामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

0 Shares

ताप्लेजुङ–  ताप्लेजुङ सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन् ।

फुङलिङनगरपालिका वडा नं. ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १/००२/००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका वडा नं. १ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका ११ बर्षका इशान गुरुङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

काठमाडाैंमा उपचारको लागि जान हिंडेका ७५ वर्षीया गुरुङ घरबाट निस्कनासाथ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । नातीबाजे शनिबार काठमाडौं जानको लागि सुकेटार विमानस्थल जान हिंडेका थिए ।  प्रमुख प्रहरी नायव उपरिक्षकले घटनास्थलबाट घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जानकारी दिए ।

सम्बन्धित समाचारसबै