स्कुल बसको ठक्‍करबाट जुम्लामा एक बालकको मृत्यु

0 Shares

जुम्ला– जुम्लामा बसको ठक्‍करबाट एक बच्चाको  मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको  बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।

तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेको छन । दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो ।  बस र चालक प्रहरीको नियन्त्रणमा छ।

सम्बन्धित समाचारसबै