भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

0 Shares

 काठमाडौं– साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको हो ।

ढाकामा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।

जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचारसबै