0
Shares
अछाम– श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट अछाम १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री कुँवरले अहिलेको गठबन्धन नै देशको सम्बृद्धिका लागि बनेकाले सबै मतदाताले गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन अनुरोध गरे ।
अछामको मेल्लेख गाउँपालिका वडा ७ को नन्देगडा र वडा ६ को शोडसामा भएको चुनावी सभामा बोल्दै उनले जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताए । साथै उनले ग्रामीण क्षेत्रको विकास नै देशको विकास भएकोले गाउँघरको विकासका लागि विशेष जोड् दिने बताए ।