काठमाडौँ– नेपालमै पहिलोपटक शान्तीको डायरी थ्रीडी कमिक बुक बिमोचन भएको छ । काठमाडौँको पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमका बीच शैक्षिक र प्राविधिक दुईवटै कुरा समावेश भएको अनुपम पुस्तक बिमोचन भएको हो ।
बरिष्ठ समाजसेवी तथा लेखिका सुश्री भद्रकुमारी घलेज्यूको प्रमुख अतिथ्यमा उदघाटन गरिएको उक्त पुस्तक थ्रीडी चश्माको सहायताले हेर्दा थ्रीडी प्रविधिमा देखिने रुपक क्रियशन प्रा.लि. का अध्यक्ष रुपक शाक्यले बताए । किताब आफैमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरु नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको एउटा साहसिक र थ्रीलर कथाबस्तु समेटिएको पुस्तक भएको शाक्यले बताए ।
अध्यक्ष शाक्यका अनुसार शान्तीको डायरी थ्रीडी कमिक् बुक निर्माण गर्नुको प्रमुख उदेश्य भनेकै कथाभित्र रहेको पात्रहरुलाई वास्तविक तवरले महसुस गरी कथामा डुब्नु हो र प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु हो । ६८ पृष्ठको यस पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडी बढ्दै जान्छ र असंख्य कष्टहरुको सामना गर्दै आफ्नो लक्ष्य पार गर्न खोज्छ ।
यसलाई अब चाँडै नेपाली बजारमा सर्वसुलभ मूल्यमा विक्रि वितरण गरिनेछ भने ईबुक मार्फत सारा संसारमा प्रकाशित गरी नेपालमा बनेको प्रविधिलाई विश्वसामु चिनाउनुनै कम्पनीको उद्देश्य रहेको छ ।