शरणार्थी प्रकरणमा संलग्नहरूलाई बचाउने अपराध गरे इतिहासले माफी दिने छैन: भीम रावल

0 Shares

काठमाडौँ– नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई जोगाउन खोजे इतिहासले माफी नदिने बताएका छन्। नेता रावलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ। राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ। इतिहासले माफी दिने छैन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्।

सम्बन्धित समाचारसबै