महाकाली नदिमा बेवारिसे शव फेला

0 Shares

दार्चुला–  महाकाली नदि एक पुरूषको वेवारिसे शव फेला परेको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ नम्सिकार स्थित महाकाली नदीको बिच भागमा ढुङ्गामा अड्किएको अवस्थामा अन्दाजी बर्ष ३०/३५ को पुरुष को शव एक पुरूषको शव फेला परेको हो ।

सो शव को हाल सम्म सनाखत हुन नसकेको र मृतक को लुगा को खल्तीमा अन्जनि टुर एण्ड ट्राभल्स टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्वानी, हरीद्वार, देहरादुन,दिल्ली लेखेको भिजिटिङ कार्ड फेला परेको तथा अन्य कुनै परिचय खुल्ने कागज पत्र नभेटिएको र शव सनाखत का लागि जिल्ला अस्पताल दार्चुला को लास घर मा राखिएको प्रहरी ले जानकारी दिएको छ ।

सम्बन्धित समाचारसबै