११ घण्टापछि हाइटेन्सन पोलबाट ओर्लिए युवक

0 Shares

विराटनगर– बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल झरेका छन्।  मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट ओर्लिएका हुन्।

माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए। उनले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए।  उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका थिए । गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिईरहेका थिए ।

 

सम्बन्धित समाचारसबै