प्रहरीका २२ जना डीएसपी एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

0 Shares

काठमाडौं – नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।

डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।

बढुवा समितिको निर्णयविरुद्ध सात दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिनेछ। बढुवा सिफारिसमा परेकाविरुद्ध उजुरी नपरेमा गृहमन्त्रीले नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ।

सम्बन्धित समाचारसबै