0
Shares
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ११ पैसा र बिक्री दर १४३ रूपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ४२ पैसा र बिक्री दर १६५ रूपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।