ए डिभिजन लिगमा आज तीन खेल हुँदै

0 Shares

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । त्रिपुरेस्थित दशरथ रङ्गशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एक खेल हुनेछ । च्यासलस्थित खेल मैदानमा मच्छिन्द्र फुटबल क्लब तथा थ्री स्टार क्लबबीच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी त्रिपुरेस्थित रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेबाट सुरु हुनेछ । साँझ ६ बजेबाट रङ्गशालामा हुने दोस्रो खेलमा भने एपीएफ फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा भिडने छन् ।

सम्बन्धित समाचारसबै