0
Shares
काठमाडौँ – आज शुक्रबारबाट नेपाली फिल्म ‘हल्कारा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै आएको फिल्मले सिंगल प्रदर्शनको अवसर पाएको छ । यद्यपि देशभरका सबै फिल्म हल ‘हल्कारा’ ले भने पाएको छैन ‘हल्कारा’ चिट्ठी पुर्याउने एक ब्यक्तिको कथामा बनेको फिल्म हो । मोबाइल र इन्टरनेटको युगभन्दा अगाडि नेपालमा सन्देश आदान–प्रदानका लागि चिट्ठी पठाउने चलन थियो । त्यही कथामा फिल्म बनेको हो ।
लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ । त्यस्तै, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको फिल्ममा अभिनय छ ।