0
Shares

काठमाडौँ – दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको छ।
२८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेर पोष्मार्टमका लागि अस्पताल पठाएको छ । यसअघि सो ठाउँमा ३ जनाको शव भेटिएको थियो ।