पाथीभरा जाने क्रममा एक व्यक्ति बेपत्ता

0 Shares

ताप्लेजुङ – पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् ।

भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए । उनी हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत गएका थिए भने अरु आफन्त हिँड्दै गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै