बारामा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

0 Shares

बारा  – शुक्रबार महागढीमाई नगरपालिकाको जनप्रतिनिधि, स्थानीय सर्वसाधारणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै  प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।

केही दिन पहिला समाजिक संजालमा पाच दलीय गठबन्धनका मन्त्री तथा नेताहरूलाई प्रसिद्ध गढीमाई मन्दिर प्रवेशमा निषेध गरिएको स्टेटस महागढीमाईका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले लेखेका थिए । नगरपालिकामा अधिकृत ल्याउन मन्त्रालयमा धाउदा धाउदा दिक्क भएर समाजिक संजालमा आफुले स्टेटस लेखेको उनले बताए ।

सम्बन्धित समाचारसबै