काठमाडौं : व्यवसायी शंकर कँडेलकाे किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन बहादुर रावल रहेका छन् । उनलाई बाराबाट पक्राउ गरिएको हाे।
कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइड नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् । उनलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको पण्डितले बताए।
रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए। बैशाख १९ गते भरतपुर -८ बस्ने ५१ वर्षीया कँडेल अनमोल फिड्स प्रा लिको कार्यालयमा झुन्डिएर मृत अवस्थामा फेला परेका थिए।