0
Shares
काठमाडौं– काठमाडौंकाे मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय राजु तामाङ रहेका छन्। निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर मातातीर्थमा उनकाे मृत्यु भएको छ।
चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए ।