भोक हडतालमा रहेका प्यालेस्टाइनी नेताको इजरायली जेलमा मृत्यु

0 Shares

काठमाडौँ  – झन्डै तीन महिनादेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ । इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

इजरायली जेलका राजबन्दी अदनान मंगलबार बिहान बेहोस अवस्थामा फेला परे पछि उनलाई अस्पताल पुर्‍याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको इजरायली विदेश मन्त्रालयले जानकारी दिएको छ । इजरायल जेल सेवाका अनुसार ५ औँ भोक हडताल जारी राखेको बखतमा उपचार गराउन प्रयास गरिए पनि उनले अस्वीकार गर्दै आएको जनाएको छ ।

अदनानले सन् २०१२ मा ६६ दिनको भोक हडताल  गरेका थिए भने सन् २०१५ मा ५९ दिनको भोक हडताल गरे पछि उनलाई जेल मुक्त गरिएको थियो । पछिल्लो भोक हडताल उनको ५ औ भोक हडताल हो ।

अमानवीय कानुनको विरोधमा अदनानले पटक पटक भोक हडताल गर्नु परेको जनाए पनि ४४ वर्षीय अदनानमाथि आतङ्कवादी समूहमा लागेको, सर्वसाधारणलाई भड्काएको आरोपमा मुद्दा चलिरहेको थियो ।

सम्बन्धित समाचारसबै