रवि लामिछानेका चालक शम्भु थापाको आजै अन्त्येष्टि गरिने

0 Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा(शम्भु)को आजै अन्त्येष्टि गरिने भएको छ । रास्वपा केन्द्रीय सदस्य दीपक बोहोरा अनुसार सबै प्रक्रिया पुरा गरेर उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।

चुनाव प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामै काठमाडौं ल्याइएकोमा आज उनको ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचारसबै