रहिनन् परराष्ट्रकी अधिकृत सुब्बा

0 Shares

काठमाडौँ — परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो ।

अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो । अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन् । उनी २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरिसकेकी छन् । उनले राहदानी विभागमा पनि काम गरेकी थिइन् ।

सम्बन्धित समाचारसबै